Logo
Logo

गृहमन्त्रीको गतिविधिले थप शंका भयो : माओवादी


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्नको आरोप लगाउँदै माओवादीसहितका विपक्षी राजनीतिक दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेका छन् ।

राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने जस्ता गतिविधिले थप शंका पैदा गरेको पाण्डेले दावी गरे । नागरिकहरू सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उनले बताए । साथै, प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरू छिटो टुङ्गो लगाउने गरी नलागेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्