Logo
Logo

चालू वर्षमा सम्पन्न हुने योजनाहरु कटौती गरिएको छैन : अर्थमन्त्री


504
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती नगरिएको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन बिषयक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले केहि हजार साना आयोजनाहरु कटौतिमा परेपनि चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती नगरिएको बताएका हुन् ।

आयोजनाहरु अलपत्र हुने अवस्थालाई अन्त्य गर्दै कार्यान्वयनका लागि तीन करोडको सीमा राखिएको स्पष्ट गर्दै उनले बजेट अनुशासनका निम्ति तीन करोडको सीमा महत्वपूर्ण रहेको बताए । पौडेलले संवेदेनशील भूवनोट तथा सवारी चाप भएको स्थानमा दिगो पूर्वाधार निर्माणतर्फ काम अघि बढाउने जिकिर गरे ।

मन्त्री पौडेलले सार्वजनिक खरिद नियामावलीमा भएको १४औं संशोधनले केहि समस्या समाधान भएपछि पूर्ण नभएकाले निर्माण क्षेत्रमा देखिएका समस्याहरुलाई दिर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाए ।

उनले निर्माण समाग्रीको अभावका कारण आयोजना समयमा नै सम्पन्न नहुने अवस्था अन्त्य गर्न खानीजन्य र नदिजन्य सामाग्री उत्खनन, प्रशोधन र उपयोग गर्दै बाँकी रहे निर्यात गर्ने सरकारको नीति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्