
काठमाडौं । रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्रउपछि महतोलाई धनुषा पठाइएको काठमाडौं प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार उनी ठगीको कसुरमा पक्राउ परेका हुन् । उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए ।
पवनसँगै बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ। दुबै जना तर, उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले उजुरी दिएका थिए ।
धरहरा निर्माणको पनि पवनले ठेक्का लिएका थिए । धरहरा निर्माणको सोक्रममा पनि विवाद भएको थियो ।