Logo
Logo

आजदेखि फेरि सवारी सञ्चालनमा जोरबिजोर


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, २२ साउन । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यातायातका साधन सञ्चालनमा पुनः जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले आज बिहीबारदेखि लागू हुने गरी जोरबिजोर प्रणाली लागू गरेको हो ।
गृह मन्त्रालयले बुधबार राति विज्ञप्ति जारी गर्दै सवारी साधन सञ्चालनमा जोरबिजोर लागू गर्ने निर्णय जानकारी गराएको हो । सोमबार बसेको बैठकले उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको गृहमन्त्राले जनाएको छ ।
यस्तै काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका शहरी इलाकामा आवगमनमा समेत रोक लगाउने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्