Logo
Logo

विश्वकप लिग- २: नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पायो बलिङको निम्तो


945
Shares

काठमाडौं । नेदरल्याण्ड्सले आइसिसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपालविरुद्ध टस जितेको छ ।

स्कटल्याण्डको डुन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर ब्याटिङ रोजेका हुन् । नेदरल्याण्ड्सविरुद्ध नेपालले बलिङको निम्तो पाएको हो ।

नेपालले सोमबार स्कटल्याण्डसँग खेलेको टोलीमा १ परिवर्तन भएको छ । रिजन ढकालको स्थान ललितनारायण राजवंशीले टिममा मौका पाएका छन् ।

पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल जितको लयलाई निरन्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको अपेक्षामा छ ।

नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा ५ भेट भएको छ । जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्