Logo
Logo

राजावादीको बैठकमा भाँडभैलो, आन्दोलन घोषणा नगरी बैठक स्थगित


1.9k
Shares

काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा कार्यकर्ताहरुले होहल्ला गरेपछि आन्दोलनका कार्यक्रम तय नगरी बैठक स्थगित गरिएको छ ।

बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा कार्यकर्ताहरुबाट होहल्ला सुरु भएको थियो । उनीहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन खोई भन्दै हल्ला सुरु गरेका थिए । त्यतिबेला लिङ्देन संसद बैठकमा थिए ।

कमल थापा बोल्न खोज्दा होहल्ला भएपछि जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले माइक हातमा लिएर बैठक स्थगित भएको घोषणा गरे । उनले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताए ।

भेला स्थगनपछि नवदुर्गा पार्टी प्यालेसबाट नेताहरु हिँडे पनि केही कार्यकर्ताहरू त्यहीँ बसिरहेका छन् ।

यसअघि भेलामा मिडियालाई प्रवेश गराइएकोप्रति पनि युवाहरू असन्तुष्ट थिए । अहिले मिडियालाई निकालेर युवाहरूले छुट्टै भेला गरेका हुन् । करिब ५० जना युवा सहभागी रहेको बताइएको छ । उनीहरू बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने बताइरहेका छन् ।

एक हप्ता लामो पहिलो चरणको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम तय गर्न भन्दै आज सुवेदीले बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्