Logo
Logo

म्यानमारबाट तीन नेपालीको उद्धार


378
Shares

काठमाडौँ । म्यानमारको मेवाडीमा अलपत्र परेका तीन नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरेर बुधबार काठमाडौँ पठाइएको जनाएको छ।

‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्यान्डको बैंकक हुँदै तीनजना पुरुषलाई २०८२ जेठ २१ गतेका दिन नेपाल फर्काइएको छ,’ दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान दूतावासले अनुरोध पनि गरेको छ।

कसैको प्रलोभनमा परेर छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन दूतावासले भनेको छ।

प्रतिक्रिया दिनुहोस्