काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसि डेभलपमेन्ट अवार्ड’ अन्तर्गत ‘आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ को ग्लोबल नोमिनीमा नेपाल क्रिकेट संघ (क्यान) छनोट भएको छ ।

यो विधामा नेपालले एसियाली रिजनको विजेताको अवार्ड पाएको छ । एसियाली रिजनल विजेताको रूपमा नेपाल क्रिकेट संघ ग्लोबल नोमिनी छनोट भएको हो ।
नेपालसँगै यस विधा अन्तर्गत अफ्रिका रिजनबाट नामिबिया, अमेरिका रिजनबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया छनोट भएका छन् ।
त्यसैगरी आइसिसी एक्स रेक्सोना क्रियो फेस्टिबल अफ दि इयरको विश्वको सर्टलिस्टिङमा परेको छ। यो विधाअन्तर्गत नेपालसँगै, तान्जानिया, युएई, इण्डोनेसिया र साउदी अरब छनोट भएका छन् ।














