Logo
Logo

प्रचण्ड निवासमा माओवादीको बैठक जारी


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक अहिले बसिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।

बैठकमा पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध सर्वोच्चले छानविन गर्न आदेश दिएको विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बुधबार सर्वोच्च अदालतले सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो ।

आचार्यका अनुसार बुधबार सर्वोच्चको संवैधानिक इजलासले सापकोटाको विषयमा गरेको फैसलालाई माओवादीले त्यति नकारात्मक रुपमा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्