Logo
Logo

आज १५ जिल्लामा बाढीको खतरा, सतर्क रहन आग्रह


1.3k
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न १५ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै खासगरी १५ जिल्लामा बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सजग रहन भनेको हो ।

बाढी आउन सक्ने जिल्लाहरुमा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा, धनुषा, धनकुटा, सर्लाही, बारा, पर्सा, चितवन, कपिलवस्तु रहेका छन् ।

यी आसपासका जिल्ला भई वहने केही स–साना नदीहरूमा पनि बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन महाशाखाको अनुरोध छ ।

त्यस्तै बाढी महाशाखाले शनिबारसम्म कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्