Logo
Logo

गृहमन्त्रीलाई संसदमा बोल्न दिने माओवादी संकेत


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध खोल्न सत्तापक्ष र विपक्षीसँग संवाद र छलफल गर्ने भएको छ ।

बिहीबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले भिजिट भिसा प्रकरणमा निकास निकाल्न अधिकतम जोड दिइने बताए । उनले छानबिन अपरिहार्य रहेको भन्दै उक्त छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए ।

‘व्यक्ति विशेषमा हाम्रो ध्यान होइन तर मुख्य कुरा छानबिनकै हो । यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनुपर्छ भनेर हिजोको सदन स्थगित भएको हो’, उनले भने, ‘सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने हुन्छ, आज कुराकानी हुन्छ । सदनमा छलफलको वातावरण हुनुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोग गठन गरिनुपर्ने लगायतका माग राख्दै विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् ।

मानव तस्करीको आरोप लागेपछि गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने भन्दै समय माग गरिरहेका छन् । तर, विपक्षीहरुले संसद बस्न दिएका छैनन् । केहि दिनदेखि निरन्तर सदन अवरोध गर्दै आइरहेको माओवादीले अब भने संसदकाे गतिराेध अन्त्य गर्न पहल गर्ने निर्णय गरेकाे हाे । याेसँगै माओवादीले गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिने संकेत गरेको छ ।

हिजो मात्रै सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख सापकोटामाथि अनुसन्धान गर्न आदेश जारी गरेपश्चात यो वातावरण तय भएको अनुमान लगाउन सकिन्छ । सापकोटाविरूद्ध काभ्रेका अर्जुन तामाङको हत्या आरोपमा उनकी श्रीमती पूर्णिमाले जोही थिइन् ।

प्रतिक्रिया दिनुहोस्