Logo
Logo

सर्वोच्चको आदेशको पूर्णपाठ कुर्दै अग्नि सापकोटा


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूविरुद्ध व्यक्ति हत्या मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ आएपछि मात्र धारणा राख्ने बताएका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको पदाधिकारी बैठकपछि उनले सञ्चारकर्मीहरुको जिज्ञासामा यस्तो बताएका हुन् ।

सर्वोच्चले बुधबार काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाविरुद्ध व्यक्ति हत्या मुद्दामा अनुसन्धान गर्न आदेश दिएको थियो ।

‘लिखित पनि आएको छैन । आ–आफ्नै ढंगले प्रचार भइरहेको छ । धेरै छलफल गर्न आवश्यक छैन,’ उनले भने, ‘पूर्णपाठ आएपछि राम्रोसँग अध्ययन गरेर धारणा व्यक्त गर्दछु । अदालती कुरा हो । अपुरो टिप्पणी गर्नु परिपक्कता हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्