काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करिअर समाप्त पार्ने नियतले सुरुदेखि नै आफूविरुद्ध लागेको आरोप लगाएका छन् । पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।

“सिधा कुरा हो, केपी ओली मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको छ । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत हो,” नेपालले भने, “यसअघि पनि उहाँले पटक–पटक यस्तो प्रयास गर्नुभएको छ । उहाँ बदलाको भावनाबाट प्रेरित हुनुहुन्छ ।”