Logo
Logo

भ्रष्टाचारीहरूलाई टुँडिखेलमा उभ्याएर नाङ्गेझार बनाउनुपर्छ : प्रेम सुवाल


378
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारीहरूलाई टुँडिखेलमा उभ्याएर जनतासामु नाङ्गेझार बनाउनुपर्ने बताए । 

“सरकारमा बसेर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर र भोज खुवाएर चुनाव जित्ने, अनि फेरि भ्रष्टाचार गर्ने प्रवृत्ति छ,” सांसद सुवालले भने । उनले मुलुकको सार्वजनिक ऋण २७ खर्ब पुगेको र नेपाली जनतालाई ऋणको बोझ बोकाएर केही व्यक्तिहरूले लाभ लिइरहेको आरोप लगाए। “यो ऋण बोकाएर घ्यु भात खाने को-को हुन्रु सबैलाई टुँडिखेलमा उभ्याउनुपर्छ,” उनले भने ।

सांसद सुवालले गिरिबन्धु टी-इस्टेट, भिजिट भिसा, सुन तस्करी, र नक्कली भुटानी शरणार्थी प्रकरणलगायत ठुला भ्रष्टाचारका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । “भ्रष्टाचार जहाँ र जसले गरे पनि, नीतिगत निर्णयको आडमा भए पनि, कारबाही हुनै पर्छ,” उनले भने । “भ्रष्टाचारीलाई कुनै पनि हालतमा छोड्नु हुँदैन ।”

उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कदम चाल्नुपर्ने र जनताले नै भ्रष्टाचारीलाई सार्वजनिक रूपमा जवाफदेही बनाउनुपर्ने तर्क गरे । 

प्रतिक्रिया दिनुहोस्