Logo
Logo

कोराना संकट: एकै दिन पाँच जनाको मृत्यु, ३६० नयाँ संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ साउन ।
लकडाउन खुलेसँगै कोरोना संक्रमण बढेको छ।  पछिल्लो २४ घन्टामा तीन सय ६० जना नयाँ संक्रमित थपिएको र पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


एकै दिन पाँच जनाको मृत्यु भएको पहिलोपटक हो । उपत्यकामा एक दिनमै एक सय भन्दा धेरैमा संक्रमण देखिएको छ ।
जम्मा संक्रमितको संख्या २१ हजार सात सय ५० पुगेको छ । ६५ जनाको मृत्यु भएको छ भने १५ हजार तीन सय ८९ जना निको भएका छन् । संक्रमण बढेपनि सरकारले परीक्षण बढाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्