Logo
Logo

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र हङकङको बराबरी


1.2k
Shares

काठमाडौं । नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । हङकङको राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।

नेपाल दोस्रो हाफको इन्ज्युरी समयमा भने १० खेलाडीमा सिमित भएको थियो । मणि लामा दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्न पुगेका थिए । प्रशिक्षक म्याट रसले दोस्रो हाफमा सिर्जन राज गौतमलाई मैदान प्रवेश गराउँदै बेब्यु पनि दिए ।

नेपालले अब एसियन कप छनोटको समूह चरणको खेलमाजुन १९ मा लाओसको सामना गर्दै छ । नेपाल पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको थियो । यस समूहमा भिएतनाम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्