Logo
Logo

राजावादी आन्दोलनको कुनै अर्थ छैन : सभापति देउवा


378
Shares

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरूले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: sherbahadur-deuwa.jpg

जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने– “राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।”  

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्र्टीको सहमतिअनुसार कार्य गरिरहेको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए ।

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी  निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभाबी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे । 

नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुङगानाको आज धनुषाधाममा आयोजित ६२औं स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा आज जनकपुरधाम आएका हुन् । ।

प्रतिक्रिया दिनुहोस्