Logo
Logo

आज सुनको मूल्य स्थिर हुँदा चाँदी बढ्यो


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारकै कायम भएको हो ।

आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ७५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्