काठमाडौं । ब्राजिलियन विंगर राफिन्हा स्पेनको ला लिगाको सिजन २०२४-२५ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । २८ वर्षीय राफिन्हाले बार्सिलोनालाई घरेलु डबल उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

लिड्स युनाइटेडबाट बार्सिलोना आएका राफिन्हाले आफ्नो तेस्रो सिजनमा १८ गोल र ९ असिस्ट गरे । राइट साइडमा मिहनेती र उत्कृष्ट ड्रिब्लिङ क्षमता भएका उनले रक्षात्मक भूमिकामा समेत प्रभावशाली प्रदर्शन गरेका छन् ।
सिजनको सुरुमा क्लब छोड्ने चर्चा चले पनि नयाँ प्रशिक्षक हान्सी फ्लिकले उनलाई कप्तान बनाउँदै जुलाई २०२८ सम्म सम्झौता विस्तार गरेका छन् ।










