Logo
Logo

विश्वकप लिग-२ : नेपालले पुनः स्कटल्याण्डसँग खेल्दै


1.3k
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले पुनः स्कटल्याण्डसँग खेल्दै छ । स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो ।

फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ । नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो । यो सिरिजमा नेपाल अहिलेसम्म अपराजित छ । स्कटल्याण्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।

नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ । लिग–२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ । शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ ।

२२ ख्लमा २६ अंकसहित नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानको स्कटल्याण्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ । नेपालभन्दा एक स्थानमाथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्