Logo
Logo

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, २३ साउन (एजेन्सी) । भारतमा कोरोनाभाइरस ‘कोभिड–१९’बाट संक्रमितको संख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ ।
भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ । हाल भारतमा ६ लाख ७ हजार २४४ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका बताइएको छ । भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्