Logo
Logo

पुँजी बजारमा नयाँ उपकरण ल्याउन र इन्साइडर ट्रेडिङ रोक्न निर्देशन


189
Shares

काठमाडौं ।  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पुँजी बजारमा नयाँ उपकरण भित्र्याउन र लगानीकर्तामैत्री वातावरण निर्माण गर्न आग्रह गरेका छन् । आइतबार बोर्डको ३३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजारमा इन्साइडर ट्रेडिङ र अपारदर्शी गतिविधि रोक्न पनि जोड दिएका हुन् । 

The current image has no alternative text. The file name is: bishnu-paudel.jpg

“सबै लगानीकर्ताले ढुक्क भएर कारोबार गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसका लागि पुँजी बजारमा नयाँ उपकरण ल्याउन आवश्यक छ,” अर्थमन्त्री पौडेलले भने । उनले थपे, “इन्साइडर ट्रेडिङ र अपारदर्शी गतिविधिहरू रोक्न सेबोनले प्रभावकारी कदम चाल्नुपर्छ। यस्ता कार्य नियन्त्रणमा आएमा मात्र पुँजी बजारको विकास र विस्तार सम्भव छ ।”

अर्थमन्त्रीले बोर्डलाई बाह्य प्रभाव र दबाबबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्नसमेत सुझाव दिए । “बोर्डमाथि विभिन्न खाले दबाब आउन सक्छन्, तर त्यसबाट माथि उठेर पारदर्शी रूपमा काम गर्नुपर्छ,” उनले भने ।

कार्यक्रममा पौडेलले पुँजी बजारको विश्वसनीयता र लगानीकर्ताको भरोसा बढाउन बोर्डको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनको यो आग्रहले पुँजी बजारलाई थप व्यवस्थित र लगानीकर्तामैत्री बनाउने दिशामा सेबोनले नयाँ रणनीति बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्