Logo
Logo

नेप्सेमा सामान्य गिरावट, ९.१३ अर्बको कारोबार


252
Shares

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (आइतबार) ८.५६ अङ्कले ओरालो लागेको छ ।  बजार आज ओरालो लागेसँगै  २,६३२.४० ७ को विन्दुमा पुगेको छ । जसमा कुल रु.९,१३७,४१४,९१८.९३ को कारोबार भएको छ । कुल १९,८८४,५६४ सेयरहरू ८६,२२४ कारोबारमा ३१३ स्क्रिप्समा खरिद-बिक्री भएका छन् ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

जसमा ८३ स्टकहरूले वृद्धि गरे भने १६५ स्टकहरूमा गिरावट आयो । ९,१३ अर्बको कारोबार भएको छ । आज जलविद्युत र वित्तीय क्षेत्रका स्टकहरू शीर्ष प्रदर्शनकर्ताहरूमा हाबी रहे, जसले यी क्षेत्रमा लगानीकर्ताहरूको बलियो विश्वासलाई सङ्केत गर्छ ।

आजै सबैभन्दा धेरै कमाउनेमा रिभर फल्स पावर लिमिटेड,प्योर इनर्जी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेड रहेका छन् । आज धेरै कारोबार गर्नेमा राधी विद्युत कम्पनी लिमिटेड,युनिभर्सल पावर कम्पनी लिमिटेड, न्गादी ग्रुप पावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेड रहेका छन् । 

 आइतबार धेर गुमाउनेमा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ,समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्