डुनेडी । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्न लागेको छ । डुनेडीमा दिउँसो पौने ४ बजे सुरु हुने खेलमा स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर ब्याटिङ रोजेका छन् ।

नेपालले यसअघि नेदरल्याण्ड्सविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ। यस शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।














