Logo
Logo

नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो


189
Shares

काठमाडौं । सातको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक २३.१९ अङ्क बढेको छ ।  बजार आज बढेसँगै २६५३.०९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.५५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १।१४ अङ्क बढेको छ ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन आइतबार ९ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३२४ स्टकको ७८ हजार ८४८ पटकको कारोबारमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से, सोमबार भने बढेर बन्द भएको हो।

सोमबार नेप्से बढ्दा दोस्रो बजारका लगानीकर्ताहरू जलविद्युत र अन्य उपसमूहका कम्पनीहरूमा आकर्षित भएका छन् । आज १३ उपसमूहमध्ये यी दुई उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । आज जलविद्युत उपसमूहको परिसूचक २.३५ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशत बढेको छ । ८३ जलविद्युत कम्पनीहरू र अन्य उपसमूहका ६ कम्पनीहरुको सेयर मूल्य बढेसँगै यी दुई उपसमूहको परिसूचक उच्च दरका बढ्न पुगेको हो। त्यस्तै,लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । होटल तथा पर्यटन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।

यस दिन सेयर मूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा अधिकांश जलविद्युत कम्पनीहरू रहेका छन् । मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य सर्वाधिक ७.४७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, युनिभर्सल पावर कम्पनीको करिब साढे ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम ५१ करोड नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्