काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को व्यवस्थाअनुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको राष्ट्र बैङ्कले यस वर्षको नीति निर्माणका लागि राय-सुझाव माग गरेको छ ।

आर्थिक अनुसन्धान विभागमार्फत असार १० गतेभित्र इमेलबाट राय तथा सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ। मौद्रिक नीति तर्जुमालाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सहभागिता अपेक्षित रहेको राष्ट्र बैङ्कले जनाएको छ ।