Logo
Logo

६६ जना कोरोना संक्रमित आईसियुमा, तीन जना भेन्टिलेटरमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन ।
कोरोनाका कारण गम्भीर बिरामी हुने तथा मृत्यु हुनेको संख्या बढेको छ । हाल ६ हजार तीन सय ३० जना विभिन्न अस्पतालमा उपचारमा रहेकोमा ६६ जना आईसियुमा छन् ।

त्यस्तै तीन जनालाई भेन्टिलेटरमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घन्टामा ४ सय ६४ जना संक्रमित थपिएका छन् । संक्रमित थपिएपछि अस्पतालका बेडहरु भरिएका छन् । लकडाउन खुलेसँगै संक्रमण बढेको हो ।
२४ घन्टामा थप पाँच जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्