Logo
Logo

इन्सपेक्टरको अगाडी उपरखुट्टी लगाएर बस्दा थुनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन ।
इन्सपेक्टरको अगाडि कार्यालयमा उपरखुट्टी लगाएर बसेको आरोपमा एक युवकलाई प्रहरीले ६ घन्टा थुनेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका इन्सपेक्टर कृष्ण श्रेष्ठले सेवाग्राही मोहनलाल तामाङलाई त्यसरी हिरासतमा राखेका हुन् ।


तामाङ गत १४ सायनमा उजुरी लिएर वृत्तमा गएका थिए । इन्सपेक्टरको अगाडि उपरखुट्टी लगाएर बसेको भन्दै उनी रिसाउँदै उनले ‘ठुलो बन्न खोजेको ?’ भन्दै थुनेका हुन् । ६ घन्टा हिरासतमा राखेर उनलाई निकालिएका थियो । इन्सपेक्टर श्रेष्ठको यस्तो हर्कत देखेर वृृत्तकै प्रहरीले आश्चर्य व्यक्त गरेका थिए ।
फुर्वा तामाङसँगको विवादमा उनी उजुरी दिन गएका थिए । विवादपछि भएको झगडामा उनलाई चोट लागेको थियो । तर, फुर्वा पक्षसँग मिलेर इन्सपेक्टर श्रेष्ठले दुव्र्यवहार गरेका हुन् । पीडित पक्षले यो घटनाबारे माथिल्लो निकायमा समेत उजुरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्