Logo
Logo

कोरोना संक्रमण बढेकोमा राष्ट्रपतिको चिन्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन ।
देशमा कोरोना संक्रमण बढ्दै गएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ ।


कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अन्य मन्त्रीहरु सँगको भेटमा उहाँले चिन्ता व्यक्त गर्दै कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको उहाँको भनाई थियो । यसले आर्थिक क्षेत्रमा पारेको प्रभावले धेरै श्रमिकहरुले रोजगारी गुमाएको राष्ट्रपतिको चिन्ता छ ।

भेटमा उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड(१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्