Logo
Logo

एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दै


693
Shares

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल मङ्गलवार साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाओस स्टेडियममा सुरु हुनेछ ।

नेपाल लाओससँग हालसम्म अपराजित रहँदै आएको छ । यसअघि भएका ७ खेलमा नेपालले ५ खेल जित्दा दुई खेल बराबरीमा सकिएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रूपमा नलिएको बताएका छन् । लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने रोसले बताए । 

यस खेलमा नेपालका फरवार्ड अन्जन विष्टलाई पनि गोलको कीर्तिमान बनाउने अवसर हुनेछ । अन्जनले नेपालका लागि १३ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्का र निराजन रायमाझीसँग शीर्षमा छन् । लाओसविरुद्ध गोल गरेमा उनी नेपालका लागि सर्वाधिक गोलकर्ता बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्