Logo
Logo

बजेट अर्थतन्त्र सुधारको अन्तिम कडी होइन : विष्णुप्रसाद पौडेल


189
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम कडी नभएको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित प्रि मनिटरी पोलिसी डिस्कसनमा उनले अर्थतन्त्र सुधारको अन्तिम कडी बजेट नरहेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: Bishnu-poudel.gif

नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना नभएसम्म र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण नभएसम्म एवं नागरिकलाई सुखी जीवनको प्रत्याभूति दिन नसकेसम्म सुधारको शृङ्खला जारी रहने उनको भनाइ छ । 

उनले भने, ‘बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन, जसरी हामी भनिरहेका थियौँ । अध्यादेशका मार्फतबाट कानुन संशोधन गरियो, यो आर्थिक सुधारको अन्तिम किस्ता होइन भनेर जसरी हामी भनिरहेका थियौँ । आर्थिक सुधारको अर्को स्टेपका रूपमा बजेट आएको छ । यस्तै गरी म फेरि पनि राख्न चाहन्छु, सुधारको श्रृंखलाको अन्तिम कडी बजेट होइन ।’

उपप्रधानमन्त्री पौडेलले बजेटसँग निजी क्षेत्रहरूले उत्साहका साथ प्रतिक्रिया दिएको बताउँदै त्यसप्रति सम्मान व्यक्त गरे । उनले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्