काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असार मसान्तको तुलनामा २३/१ प्रतिशतले बढेको हो ।

वैशाख मसान्तसम्म अमेरिकी डलरमा यो सञ्चिति १८ अर्ब ४० करोड डलर बराबर छ, जुन असार मसान्तको तुलनामा २०.५ प्रतिशतले बढी हो ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कसँग २२ खर्ब ११ अर्ब ११ करोड र बैङ्क तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।