Logo
Logo

विदेश अध्ययन र भ्रमणमा १ खर्ब ८५ अर्ब बाहिरियो


315
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ, जुन १ खर्ब ४ अर्ब रुपैयाँ थियो ।

शिक्षासँगै भ्रमणका लागि विदेश जाने नेपालीहरूले १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बाहिर लगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशतले बढी हो। यता, नेपाल भ्रमणमा आउने पर्यटकले ७५ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन्, जुन अघिल्लो वर्ष ६९ अर्ब ७३ करोड थियो ।

नेपाल भित्रने रकमको तुलनामा बाहिरिने रकम बढी हुँदा सेवा खाता घाटामा रहेको छ । वैशाखसम्म सेवा खाता ८६ अर्ब ५३ करोड रुपैयाँ घाटामा छ, जबकि अघिल्लो वर्ष यो घाटा ५० अर्ब ३१ करोड थियो ।

प्रतिक्रिया दिनुहोस्