Logo
Logo

वार्षिक उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत


126
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । यो गत वर्षको सोही अवधिको ४.४० प्रतिशतको तुलनामा कम हो ।

The current image has no alternative text. The file name is: bank.gif

राष्ट्र बैङ्कका अनुसार, वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ। खाद्य समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर९मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ । तर, तरकारीको मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

गैर९खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिवेदनअनुसार, ग्रामीण क्षेत्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशत र शहरी क्षेत्रमा २.६१ प्रतिशतले बढेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा उच्च मुद्रास्फीति ४.२९ प्रतिशत रहेको छ। मधेशमा २.८१, बागमतीमा २.४०, गण्डकीमा २.२३, लुम्बिनीमा २.१५, कर्णालीमा २.२१ र सुदूरपश्चिममा ३.१४ प्रतिशत रहेको छ ।

यसैगरी, काठमाडौं उपत्यकाको मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्