Logo
Logo

सोमपाल र गुल्सन घाइते


882
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका छन् । भ्रमणको अन्तिम खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि प्रशिक्षण दौरान यी दुई खेलाडी घाइते भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको हो ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ । त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२०आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने भएका छन् ।

सोमपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ र नेदरल्यान्ड्सविरुद्धको खेलमा ३ विकेट लिएका थिए । तेस्रो खेलमा स्कटल्यान्डविरुद्ध विकेटविहीन भए पनि उनले ब्याटिङमार्फत ६७ रन बनाएका थिए ।

यद्यपि, उक्त खेलमा ३२४ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ३२१ रन मात्रै बनाउन सकेको थियो । उक्त खेलमा नेपाल २ रनले पराजित भएको थियो । अघिल्ला दुई खेलमा भने नेपाल विजयी भएको थियो ।

गुल्सन भने अघिल्ला दुई खेलमा विकेटविहीन रहे । यद्यपि, उनले स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ४२ रनको योगदान दिएका थिए । उक्त खेलमा नेपाल १ विकेटले विजयी भएको हो ।

नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा उनले समान ११ रन बनाएका थिए । नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्