Logo
Logo

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, नन्दनको डेब्यु


819
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जितेको छ । स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो ।

आइतबार घरेलु टोली स्कटल्याण्डसँग खेलेको नेपाली टोलीमा ३ परिवर्तन भएको छ । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको स्थानमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।

नन्दन यादबको यसै खेलबाट नेपालको लागि ओडिआई डेब्यु गरेका छन् । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औँ खेलाडी हुन् ।

सिरिजका सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्ड २ रनको हार बेहोरेको थियो । त्यो खेलमा ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो । खेलमा हार बेहोरेको ३ सय २१ रन बनाउनु नेपालले ओडिआईमा बनाएको अहिले सम्म कै उच्च स्कोर थियो ।

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले उक्त खेल गुमाएको थियो । नेपाल जितका साथ सिरिजको अन्त्य गर्न चाहान्छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिल साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी

प्रतिक्रिया दिनुहोस्