Logo
Logo

आरिफको अर्धशतकमा नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य


756
Shares

काठमाडौं । आरिफ शेखले ८४ रन योगदानमा आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।डुनेडीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए ।

त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए । नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्