Logo
Logo

नेपाललाई १० रन जरिवाना


6.6k
Shares

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो शृङ्खलाको अन्तिम खेलमा नेपालले आरिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेदरल्यान्ड्सलाई २२७ रनको विजयी लक्ष्य दिएको छ । डुन्डीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनायो । तर, ३६.२ र ३९.२ ओभरमा ब्याटरले पिचमा दौडिँदा १० रन पेनाल्टीका रूपमा गुमाउनुपर्‍यो, जसले नेदरल्यान्ड्सको लक्ष्य २२७ रनमा झरेको छ ।

The current image has no alternative text. The file name is: aarif.gif

नेपालका लागि मध्यक्रमका ब्याटर आरिफ शेखले ८४ रनको शानदार पारी खेले । उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार ग रे। पावरप्लेमा दुवै ओपनर गुमाउँदा नेपालले ३७ रन मात्र बनाएको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५१ रनको अर्धशतकीय साझेदारी गरे । दुवैले समान ३५/३५ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ रन बनाए ।  

नेदरल्यान्ड्सका लागि पल भान मिकरानले ४ विकेट लिँदै सर्वाधिक सफलता हासिल गरे। मिचेल लेभिटले ३ र आर्यन दत्तले १ विकेट लिए ।  

प्रतिक्रिया दिनुहोस्