Logo
Logo

बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए


- दृष्टि न्युज/संवाददाता


गोरखा, २४ साउन । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिराले अवरुद्ध भएको छ । शनिबार बिहान गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए । ‘बेनिघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्,’ उनले भने, ‘पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ ।’
पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ । उनले भने, ‘दिनभरि मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्नेछ । केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।’ झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्