Logo
Logo

थप ३७८ जना संक्रमित, मृत्यु हुनेको संख्या ७३ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ साउन । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार पर्साका ७४ वर्षीय पुरुष, मोरङका १ जना पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको छ । सोसहित मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता. डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, पछिलो २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा. गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल संक्रमितको संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्