Logo
Logo

एक करोड २४ लाखसहित बिद्युत प्राधिकरणका उप–प्रबन्धक अख्तियारद्वारा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ साउन ।
शंकास्पद रुपमा चेक लिएर हिडेका नेपाल बिद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । एक करोड २४ लाख ९१ ह्जार एक सय ४५ रुपैयाँको चेकसहित नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप(प्रबन्धक (नवौं तह) रितेश गुप्ता पक्राउ परेका हुन् ।


भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाण्डौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर काठमाडौं जाने क्रममा जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर ९ बाट उक्त कार्यालयका चेकहरु तथा त्यससँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ । कमिसनका लागि उनले त्यसरी गैरकानूनी रुपमा भुक्तानी दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्