Logo
Logo

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुपाल्चोक, २५ साउन । सल्यानबाट आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आइतबारदेखि बन्द गरिएको छ । शिक्षणद्वय यही साउन १७ गते सिन्धुपाल्चोक आएका थिए ।
शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनीहरुले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु जुगल आएका वडा नं ५ का वडाध्यक्ष सनत अधिकारीले बताए ।
धेरै मानिससँग भेटघाट गरेको पाइएकोले हाल दुई शिक्षकमध्ये एक जना टेकुको प्रयोगशालामा उपचाररत छन् भने एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब कन्ट्रयाक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्