Logo
Logo

फिफा क्लब विश्वकप २०२५ : नयाँ ढाँचामा ३२ टोलीको रोमाञ्चक प्रतिस्पर्धा


2.2k
Shares

काठमाडौं । फिफाले नयाँ ढाँचामा आयोजना गर्न लागेको फिफा क्लब विश्वकप शनिबारदेखि अमेरिकामा सुरु हुँदै छ । नेपालमा भने उद्घाटन खेल आइतबार बिहान ५:४५ बजे सुरु हुने छ । उद्घाटन खेल अल अहली र इन्टर मायमीबीच हुनेछ ।

सन् २००० देखि फिफाले महादेशीय क्लब प्रतियोगिताका विजेताहरूसँग क्लब विश्वकप आयोजना गर्दै आएको थियो । तर, यसपटक नयाँ संरचनामा विश्वका शीर्ष ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आठ समूहमा विभाजित टोलीहरूमध्ये प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरण हुँदै फाइनलमा पुग्नेछन् ।

फिफाले युरोपको युइएफएलाई १२, दक्षिण अमेरिकाको कन्मेबललाई ६, एसिया, अफ्रिका र कन्काकाफलाई ४९४, तथा ओसेनियालाई १ स्थान दिएको छ । आयोजक अमेरिकाको नियमित एमएलएस सिजन विजेता इन्टर मायमीले पनि सहभागिता पाएको छ ।

छनोटका क्रममा मेक्सिकोका दुई टोलीको मालिक एउटै भएपछि फिफाले क्लब लिओनलाई सहभागिताबाट वञ्चित गर्‍यो र लस एन्जलस एफसीले उनको स्थान लिएको छ ।

फिफाको नियमअनुसार प्रत्येक देशबाट अधिकतम दुई टोलीले मात्र क्लब विश्वकप खेल्न पाउँछन्, तर महादेशीय प्रतियोगिताको विजेता बनेमा दुईभन्दा बढी टोलीले पनि सहभागिता जनाउन सक्छन् । अन्य टोलीको छनोट भने वरीयताका आधारमा हुन्छ । उदाहरणका लागि, बार्सिलोनाले यसपटक विश्वकप खेल्नेछैन । स्पेनबाट रियल म्याड्रिड (२०२१-२२ च्याम्पियन्स लिग विजेता) र एटलेटिको म्याड्रिड (युइएफए वरीयताको छैटौँ स्थान) ले विश्वकपमा स्थान बनाएका छन् ।

समूह विभाजन:

समूह ए : पाल्मेरस (ब्राजिल), एफसी पोर्टो (पोर्चुगल), अल अहली (इजिप्ट), इन्टर मायमी (अमेरिका)

समूह बी : पेरिस सेन्ट जर्मेन (फ्रान्स), एटलेटिको म्याड्रिड (स्पेन), बोटफोगो (ब्राजिल), सिआटल साउन्डर्स (अमेरिका)

समूह सी : बायर्न म्युनिख (जर्मनी), अक्ल्यान्ड सिटी (न्युजिल्याण्ड), बोका जुनिअर्स (अर्जेन्टिना), बेन्फिका (पोर्चुगल)

समूह डी : फ्लामेंगो (ब्राजिल), एस्पेरेन्स डे टुनिस (ट्युनिसिया), चेल्सी (इंग्ल्यान्ड), लास एन्जेलस एफसी (अमेरिका)

समूह ई : रिभर प्लेट (अर्जेन्टिना), उरावा रेड डायमन्ड्स (जापान), मोन्टरे (मेक्सिको), इन्टर मिलान (इटाली)

समूह एफ : फ्लुमीनेन्स (ब्राजिल), बोरुसिया डर्टमुन्ड (जर्मनी), उल्सान एचडी (दक्षिण कोरिया), मामेलोदी सनडाउन्स (दक्षिण अफ्रीका)

समूह जी : म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), वाइडाड एसी (मोरक्को), अल आइन (यूएई), युभेन्टस (इटाली)

समूह एच : रियल म्याड्रिड (स्पेन), अल हिलाल (साउदी अरब), पाचुका (मेक्सिको), रेड बुल साल्जबर्ग (अष्ट्रिया)

प्रतिक्रिया दिनुहोस्