Logo
Logo

वाणिज्य बैङ्कहरूले असार महिनाका लागि ब्याजदर घटाए 


693
Shares

काठमाडौं । वाणिज्य बैङ्कहरूले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन् । बैङ्कहरूको औसत ब्याजदर जेठ महिनाको तुलनामा केही घटाएका छन् । 

The current image has no alternative text. The file name is: bank.gif

जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ । २० मध्ये १५ बैङ्कहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैङ्कहरूले ब्याजदर घटाएसँगै औसत ब्याजदर पनि घट्न पुगेको हो । असार महिनाका लागि ब्याजदर घटाउने बैङ्कहरू कृषि विकास बैङ्क, कुमारी बैङ्क, एनएमबि बैङ्क, एभरेष्ट बैङ्क र एनआईसी एशिया बैङ्क रहेका छन् ।

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर एभरेष्ट बैङ्क र एनआईसी एशिया बैङ्कमा बढी छ । यी दुवै बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन् । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैङ्कहरू भने कृषि विकास बैङ्क र नेपाल बैङ्क रहेका छन् । यी दुई बैङ्कहरूको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्