Logo
Logo

लुम्बिनी सरकारले ल्यायो ३९ अर्बको बजेट 


756
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ का लागि लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बराबरको बजेट ल्याएका हुन् ।

The current image has no alternative text. The file name is: buget.gif

कुल विनियोजनमध्ये चालु खर्चतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत बजेट विनियोजन गरेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ अर्थात् ८.८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट सात अर्ब ७८ करोड चार लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ४१ करोड ५० लाख र स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ८२ करोड ९० लाख रहेको मन्त्री कार्कीले बताए ।

त्यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबापत आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट चार अर्ब ६६ करोड १५ लाख, समपूरक अनुदानबाट ५१ करोड ४० लाख र विशेष अनुदानबाट ४० करोड  प्राप्त हुने उनले बताए । प्रदेशको नगद मौज्दातबाट समेत दुई अर्ब परिचालन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार, पुँजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख र वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब १४ करोड १३ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्