Logo
Logo

बूढीगंगा नदीको बितण्डा : दर्जनौँ बस्ती बगायो, सचेत रहन प्रशासनको आग्रह


- नन्दा थापा


बाजुरा, २६ साउन । बूढीगंगा नदीले बितण्डा मच्चाएको छ । अबिरल वर्षासँगै नदीको बहाफ बढेको छ । हिजोदखी नदीको बहाफ संगै तटिय क्षेत्र कटान गर्दा दर्जनौ बस्ती बगाएको छ । मान्छेको हाताहत भएका छन् । दर्जनौ पशु चौपाया बगाएको छ ।

बिभिन्न ठाउँमा घरहरु समेत बगाएको छ भने दर्जनौ बस्तीको कटान गरिरहेको प्रहरीले जनाएको छ । बाढिले घर बगाउँदा मान्छे बेपत्ता भएका छन् । अत्याधिक वर्षा भइरहेको र तटिय क्षेत्रमा रहेका बस्तीलाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय बाजुरा बडिमालिका नगरपालिकाले सार्वजानिक सुचना मार्फत आग्रह गरेको छ ।

त्यो संगै बाजुरा जिल्ला देखी अछामको साफेँँ सम्मका तटिय क्षेत्रममा रहेका बस्तीका नागरिकहरुलार्ई सचेत हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । उच्च पहाडी क्षेत्रमा अत्याधिक वर्षा भइरहेका कारण बाजुराबासीहरुलाई आवत जावत गर्न र सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैैह्रे बताएका छन् ।

बिभिन्न ठाउँमा भएको बाढिग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सस्त्र प्रहरी लगायतको सुरक्षा टोेली खटीएका छन् । त्यसै गरी बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्ड पनि क्षेद विच्क्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरा गएका छन् । २ ओटा पुल बगाएको छ । हिजो रातीको बाढिले बडिमालिका नगरपालिका क्षेत्रमा रहेको साफेँ मार्तडी सडक अन्तरगत जडाङ््गाको बेलिबृज समेत बगाएको छ भने करिव दुई हप्ता अगाडी ताप्रीसेराको पक्कीपुल समेत बगाएको थियो । अम्कोट क्षेत्रमा रहेको सडक धुजा धुजा बनाएको छ । यातायातका साधान चल्ने कुनैै ठाउँ नै छैन ।

बाजुृराको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावत गर्न समस्या भएको छ । सवारी साधान चल्न नपाउदा बाजुरा दैनिक उपभोग्य बस्तुकोे अभाव सुरु भएको छ । कालोबजारी पनी निकै बढेको छ । मार्तडी जोड्ने प्रमुख पुल नै बगाएपछि मार्तडीसँगको सम्पर्क नै बिचछेद भएको छ । नदीको मुहान आसपास क्षेत्रमै फुटेको पहिरोकै कारण नदीमा ठूलो बाढी आएर क्षति पुर्याएको आशंका गरिएको छ ।

घटमुनाको तल्लो बस्ती कटानको जोखिममा छ, भने भौनेराको पुल नदीले बगाउने खतरा बढेको छ ओलेना घागर र रापक बस्ती नै बाढी पसेर ठूलो क्षति हुनुका साथै बस्ती नै विस्थापितको खतरा बढेको छ ।

महिना दिनदेखि अवरुद्ध साँफे मार्तडी सडकखण्ड बेलिब्रिज नै बगाएपछि मानव आवत जावत समेत पूर्ण रुपमा रोकिएको छ । एकीन विवरण आउन नसकेपनि आधा दर्जन झोलुगे पुलहरु पनि भत्कीएका छन् ।

यस्तै बडिमालिकाका नगर प्रमुख पदम बडुवाल सहीत, प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टाराईको टोली बाढीले पुर्याएको क्षति स्थलमा पुगेर जानकारी लिइरहेको छ । दर्जनौ घर परिवारलाई तत्काल बास व्यवस्थापन गर्न पर्ने चुनौति थपिएको छ ।

बूढीगंगा नदीको बाढीले वडाअध्यक्ष महतकी आमा बेपत्ता

आइतबार रातीदेखीको अबिरल वर्षासंगै बूढीगंगा नदीमा आएको बाढिले बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी आमा बेपत्ता भएकी छन । सोमबार बिहान ३ बजेतिर बूढीगंगाको नदीले घर बगाउदा ६५ बर्षिया आमा अइसेनी महत बेपत्ता भएको वडाअध्यक्ष महतले बताएका छन ।

उनको प्रहरी, छिमेकीहरुले खोजी गरीरहेको वडाअध्यक्ष महतले बताएका छन । बूढीगंगा नदीको तटिय क्षेत्र बडिमालिका नगरपालिका २ घागरको बस्तीनै बगाएकोले स्थानीय कोही कसैको सम्पर्कमा नरहेको बताइएको छ ।

बस्ति नै बगाँउदा गाई गोरु र घरमा रहेको सम्पुर्ण सामान बगाएको घटनास्थल बाट वडा अध्यक्ष महतले वताएका छन् । बूढीगंगा नदीमा आएको बाढिले दर्जनौ बस्तीमा बाढि पसेर बगाएको छ भने घरपालुवा बस्तुहरु समेत बगाएको जानकारी आएको प्रहरीले जनाएको छ । बाढीले के कती क्षति पुगेको छ विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताप्रीसेरामा किराना पसल बगायो लाखौँको क्षति

आइतबार राति आएको अबिरल वर्षाका कारण बूढीगंगा नगरपालिका २ को ताप्रीसेरामा बूढीगंगा नदीले एक किराना पसल बगाएको छ । ताप्रीसेरा बजारमा बिगत लामो समय देखी पसल संचालन गर्दै आएका किसन बिष्टको किराना पसल बगाएको बूढीगंगा नगरपालिक २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।

पसल सडकको छेउमा थियो, नदी भन्दा निकै माथि थियो नदी त्या पूग्ला भन्ने कल्पना समेत गरिएको थिएन राति कति खेर बगायो थाहा नै भएन । ब्यापारि बिष्टका परिवार साझ पसल बन्द गरेर ससुराली गएका हुदा मानबीय क्षति हुन बाट जोगियो वडा अध्यक्ष थापाले बताए । नदीले छेउमै रहेका २ बंगुर हास र २ टर्की समेत बगाएको वडा अध्यक्ष थापाले बताए । अत्याधिक वर्षाले सयौ रोपनी खेतियोग्य जमिन बगाएको छ । हिजो रातिको वर्षाले बूढीगंगा नदी छेउसाउका दर्जनौ बस्ति बिस्तापित भएका छन् ।

वर्षा हिजो राति देखी लगातार बरिरहेको छ, धेरै ठाउ क्षति भएको कुरा आएको छ कहा कति के क्षति भएको एकीन भएको छैन । प्रहरी पनि क्षतिको बिबरण संकलनमा लागिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

गौमुल–१ सिममा बाढीले ८ घर बगायो

गौमुल गाँउपालिका १ सिममा बाढीले ८ घर बगाएको छ । बूढीगंगा नदीमा आएको बाढिले सिम गाँउमा रहेका ८ घर बगाएको स्थानिय धर्म रोकायाले बताएका छन् ।

मानवीय क्षति भने केही नभएको गाइ गोरु बाख्रा लगायत घरमा रहेको सबै सम्पत्ति बगाएको स्थानियले वताएका छन् । घटना स्थलमा प्रहरी पुगिसकेको छैन् । स्थानियको सहयोगमा उद्धार कार्य जारी भइरहेको वडा अध्यक्ष बलबहादुर रोकायाले वताएका छन् । नदीले गौमुल १ र २ मा रहेको तटिय क्षेत्रको जग्गा बगाएको छ । बूढीगंगा नदीमा आएको बाढिले के कति क्षति भयो बिस्तृत बिबरण आउन बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्