Logo
Logo

११ बर्षदेखि भेल्पा–हात्तीवनबासीको जग्गा रोक्का, मेयर चिरीबाबुमाथि दोष थोपर्दै आयोजनाका हाकिम


6.4k
Shares

काठमाडौं । पाँच बर्षभित्र सम्पन्न गर्नेगरी स्थापना गरिएको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको काम ११ बर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । ४ सय घरधुरी रहेको आयोजनाको जग्गा १२ बर्षदेखि रोक्का छ । जसका कारण जग्गा खरिदबिक्री गर्न र बैंकमा राख्न र ब्यवहार गर्न पाएका छैनन् । तर आयोजनाका इन्जीनीयर प्रिन्स आशिष श्रेष्ठदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण ललितपुरका प्रमुख तुलसीराम खर्बुजासम्म जग्गा हस्तान्तरण गर्नभन्दा पनि झुलाउनमात्र ब्यस्त देखिएका छन् । घुस दिने जग्गाधनीको जग्गा हस्तान्तारण गर्ने तर घुस नदिनेको झुलाएर राखिएको गुनासो भेल्पा हात्तीवनबासीको छ ।

चिरीबाबु महर्जन, तुलसीराम खर्बुजा र प्रिन्स आशिष श्रेष्ठ

जग्गा छिटो हस्तान्तरण गर्न अनुरोध गर्दा आयोजनाका इन्जीनीयर प्रिन्स आशिष श्रेष्ठले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनतिर दोष थोपेर उम्किने गरेका छन् । ‘मेयरले समय नदिएकाले जग्गा हस्तान्तरण गर्न ढिला भएको कुतर्क गर्दै भेल्पाबासीलाई दिनुसम्म दुःख दिने काम उनले गरेका छन् । यसभन्दा अघिकी इन्जीनीयर प्रकृति केसीले समेत स्थानीयसँग मेयरले गर्दा जग्गा हस्तान्तरणमा ढिलाइ भएको भन्दैआएकी थिइन् । तर मेयर महर्जन भने देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा काबिल भनेर चिनिन्छन् । काबिल मेयरमाथि दोष थोपरेर भेल्पा–हात्तीवनका इन्जीनीयर श्रेष्ठ र प्रमुख खरबुजाले ११ बर्षमा पनि जग्गा हस्तान्तरण गर्नतिर भन्दा दुःख दिने र अनेक बहानामा पन्छाउन लागिरहेका छन् ।

जग्गा हस्तान्तरणमा करारका इन्जीनीयरकै बदमासी
भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाका करारका इन्जिनियर प्रिन्स आशिष श्रेष्ठले २०७३ कात्तिक २६ मा प्रकाशित सूचना ५ ह र ५ घ १ को रिप्लटीङ र लङसिटसहितको नक्सा गायव पारी मनपरी ढंगले अर्को नक्सा बनाई कीर्ते गरेका छन् ।

व्यवस्थापन उपसमिति र सहयोग समितिबाट पास गरी सरोकारवाला जग्गाधनीहरुलाई कार्यालयको सूचना पाटीमा टाँसी सार्वजनिक गरिएका नक्सा करिव एक डेढ महिनाभित्र गायव गरी विभिन्न ब्लकहरु नै साटफेर गराई दूषित मानसिकताले प्राविधिक प्रिन्स आशिषले चलखेल गरेका छन् ।

पूर्वाधार विकासमा ठेकेदारबाट कमिसन आउने भएकाले त्यसतर्फ मात्र चासो दिने, जनताको सम्पत्ति(जग्गा) फिर्ता गर्नेतर्फ चासो नदिने, घुस रकम दिनेको जग्गा फिर्ता गर्ने र घुस रकम नदिनेको ११ बर्षदेखि रोक्का राखी हेल्पाबासीलाई चरम अन्याय गरेका छन् ।

आयोजनाले जनताको जग्गा फिर्ता गर्नेभन्दा पनि श्रेष्ठले दुःख दिने र बिक्री गर्न बाध्य पार्दैआएका छन् । आयोजाना जति ढिलो भयो उति आयोजनाको लागत बढ्दै जाने र कराका कर्मचारीको जागिर लम्बिदै जाने त्यसको आर्थिक भार नेपाल सरकार र ग्गाधनीहरुलाई बढ्दै जाने अवस्था छ ।

प्रिन्स आशिषको उल्लेखित क्रियाकलापहरुलाई सहयोग पुग्नेगरी काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्त तुलसीराम खरबुजाले कार्यहरु गरिरहेको आरोप छ ।

लिटल एन्जल्स स्कुलको कम्पाउण्डभित्र रहेका सरकारी, सार्वजनिक जग्गा, कुलो र अन्य ब्यक्तिहरुको जग्गा एवं दर्ता स्रेस्ता प्रमाणित नभएका र दर्ता हुन बाँकी रहेका जग्गाहरुको एकीन नै नगरी तिनीहरुको क्षेत्रफलको हरहिसाव नै नगरी आयोजनाको हित विपरीत विभिन्न किसिमका प्रलोभनमा परी प्रिन्स आशिष र खरबुजाले कार्यहरु गरिरहेका छन् ।

२ वर्षको समयावधि राखी २०७१ सालमा शुरु भएको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना ११ वर्ष पूरा भइसक्दा पनि आयोजनाको २५ प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन । डीपीआर रिपोर्टमा उल्लेख भए अनुसार जम्मा २६ करोडमा पूरै आयोजना सम्पन्न गर्नेगरी सञ्चालन भएको आयोजनाले हालसम्म ४० करोड खर्च गर्दा समेत २५ प्रतिशत मात्र काम भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट हालसम्म २१ करोड सावाँ ऋण लिएको र ब्याजबापत करिव ११ करोड बुझाउन बाँकी रहेको छ । आयोजनाको सेल्स प्लट बिक्री बापत प्राप्त रकम करिव ८ करोडसमेत गरी ४० करोड सम्पूर्ण रकम खर्च भइसकेको छ । तर काम २५ प्रतिशतसम्म भएको छैन ।

आयोजनामा अनावश्यक दरवन्दी कायम गराई असक्षम अनउत्तरदायी अनावश्यक कर्मचारी भर्ति गरी अनावश्यक खर्च बढाइएको छ । सहयोग समितिको सिफारिसमा मात्रै आयोजनाको सम्पूर्ण गतिविधिहरु सञ्चालन हुनुपर्नेमा कर्मचारीहरुको कार्यसम्पादन रिपोर्ट सहयोग समितिबाट अनुमोदन नगरी करार नवीकरण गर्ने गरिएको छ । सहयोग समितिको सिफारिसबाट आयोजनाभित्रका उपभोक्ताहरुको हक अधिकारलाई कार्यान्वयनमा लग्न कर्मचारीहरुसँगको समन्वय र उत्तरदायी भूमिका निर्वाह गर्न प्रेरित गर्दछ ।

आयोजना छिटो सम्पन्न गर्नका लागि, आयोजनालाई ऋणभारबाट मुक्त गराउनको लागि सबै पक्षको इमान्दार प्रयत्न समन्वय र सहयोगी मनोभावले बृहत कार्ययोजना तयार गरी कार्यान्वयनको कार्यक्रमहरु छिटो अगाडी बढाउन जरुरी भएको बिषयमा सहयोग समितिले सरोकारवालाहरुले पटक पटक भन्दा पनि बेवास्ता गरिएको छ ।

इन्जिनियर प्रिन्स आशिष श्रेष्ठको ४ महिना अघिसम्मको आर्थिक गतिविधि र हालसम्मको आर्थिक गतिविधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान तहकिकात गरेपछि उनको सबै अनियमितता छर्लङ्ग हुने अख्तियारमा समेत दर्ता गरेको उजुरीमा उल्लेख छ ।

भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका करारका इन्जिनियर प्रिन्सआशिष र कार्यालय प्रमुख एवं काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्त तुलसीराम खरबुजाले आयोजनामा रही विभिन्न शीर्षकमा आर्थिक अनियमितता एवं भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप पनि लगाइएको छ ।

उनीहरुले अस्वाभाविक जीवनयापन गरेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्पत्ति छानविन भए सबै प्रष्ट हुनेछ । करारका कर्मचारीको हरेक बर्षमा नवीकरण हुन्छ, तर भेल्पा–हात्तीवन आयोजनाका कर्मचारीको नियुक्ति आयोजना अवधिभरका लागि दिएकाले उनीहरुको जागिर बचाउन स्थानीयको जग्गा ५ बर्षभित्र हस्तान्तरण गरिसक्नुपर्नेमा ११ बर्षसम्म पनि हुन सकेको छैन । सरकारलाई यो आयोजना सेत्तो हात्ती साबित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्