Logo
Logo

टी–२० आईमा किरण र रुपेशको डेब्यु


567
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडीले डेब्यु गरेका छन् । किरण ठगुन्ना र रुपेश सिंहले पहिलो पटक नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका हुन् ।

किरण ठगुन्ना नेपालबाट टी–२० आई क्रिकेट खेल्ने ५० औँ खेलाडी बनेका छन् भने रुपेश सिंह ५१ औँ खेलाडी बनेका छन् । दुबै खेलाडीलाई राष्ट्रिय टोलीका भरपर्दा अलराउण्डर करण केसीले डेब्यु क्याप प्रदान गरेका थिए ।

खेल स्कटल्यान्डको ग्लासगोस्थित टिटवुड क्रिकेट मैदानमा भइरहेको छ । नेपाली टोलीले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।  यस प्रतियोगितामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्