Logo
Logo

अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द, सार्वजनिक यातायातमा पुनः रोक लगाउने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ साउन । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यकबाहेक १५ दिनमा लागि सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् ।
सोमबार उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को बैठकले स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यकबाहेक अरु सेवा बन्द गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार समुदायमा कोरोना संक्रमण फैलिन जोखिम रहेकाले यस्तो निर्णय गरिएको हो ।
उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएसँगै भिडभाड कम गर्न अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको उनले बताए ।
भएको बताए ।
बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा १५ भदौसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै, कलकारखाना, उद्योगधन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइरहेका र मजदुरहरुको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम बढेकोले उद्योग तथा कलकारखाना भित्रै क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको छ ।
काठमाडौ उपत्यकामा घनावस्ती रहेकाले कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दूहरुमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध गर्ने निर्णय समेत फोरमले गरेको छ ।
संक्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुुसलगायतका गतिविधि गर्न कडाईका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने पनि निर्णय भएको गरिएको छ ।

यस्तै मास्क नलगाई आवतजावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ । पीसीआर परीक्षण्को आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने भएकाले परीक्षण्को दायरा र दरलाई बढाउनेमात्रै भन्दा संक्रमण रोकथामका लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय समेत भएको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्