काठमाडौं । करण केसीले टी-२० आईमा १००औँ विकेटको कोसेढुंगा पूरा गरेका छन् । उनले स्कटल्यान्डविरूद्वको खेलमा यो व्यक्तिगत उपलब्धि हासिल गरेका हुन् ।

उनलाई यो उपलब्धि गर्न १०१ खेल कुर्नुपर्यो । यसअघि सन्दीप लामिछानेले टी-२० आईमा १०० विकेट लिएका थिए । हाल ३३ वर्ष पुगेका करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टि-२०आई डेब्यु गरेका थिए । उनले त्यसयता लगातार राष्ट्रिय टोलीका लागि मुख्य बलरको भूमिकामा खेल्दै आएका छन् ।